राजनीति


एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची

एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची

नेपालखबर
पुस २, २०८२ बुधबार १०:४१, काठमाडौँ

महान्यायाधिवक्ताको कार्यालयले ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको छ। उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ। 

'जिल्लामा जाने भएकाहरूलाइ सहायक जिल्ला न्यायाधिवक्ता भनियो। खासमा सरूवा हुनेहरू सबै अधिकृतहरू तहकाहरू हुनुहुन्छ', महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी प्रकाश गैतमले नेपालखबरसँग भने।

काज सरूवा भनेको छोटो समयका लागि गरिने अस्थायी किसिमको सरूवा हो। हिजै 

मंगलबार गरिएको यो निर्णय सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। सरकारी मुद्दासँग सम्बन्धित कार्यमा दक्षता कायम गर्न तथा आवश्यकताअनुसार विभिन्न कार्यालयमा जनशक्ति व्यवस्थापन गर्न समय-समयमा सरुवा गर्ने चलन छ।

को कहाँ पुगे हेर्नुहोस् सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad