राजनीति


नेकपा सचिवालय बैठकः ओलीले गरे आत्मालोचना, गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय

नेकपा सचिवालय बैठकः ओलीले गरे आत्मालोचना, गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १४:५४,

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन्।

‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुकमा जेजति कमी कमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ’, बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठले बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य सचिवालय सदस्यहरुले पनि आत्मालोचना गरेको जानकारी दिए।

 प्रवक्ता श्रेष्ठले  बैठकमा  पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको बताए।

उनले बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको बताए।

पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता  श्रेष्ठ  भने।

प्रवक्ता श्रेष्ठले बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको बताए।

‘पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय लिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभामा आइसकेपछि वामदेव प्रधानमन्त्री बन्ने संभावनाको ढोका खुल्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad