राजनीति


एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार

एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार

भुकुटीमण्डपस्थित एमालेको एघारौँ महाधिवेशनस्थितलमा उम्मेदवारका लागि भोट माग्दै प्रतिनिधि। तस्बिर : सरोज शाही/नेपालखबर


नेपालखबर
पुस १, २०८२ मंगलबार १४:४, काठमाडौँ

नेकपा (एमाले)को एघरौँ महाधिवेशनमा युवाका लागि छुट्याएको केन्द्रीय सदस्यको १५ पदमा ३५ जना उम्मेदवार रहेका छन्। 

महाधिवेशनबाट एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। त्यसमध्ये एमालेले युवाका लागि १५ केन्दीय सदस्य छुट्याएको छ। जेनजी आन्दोलनपछि एमालेले केन्द्रीय कमिटीमा युवाका लागि कोटा तोकेको हो। जसमा ४० वर्षमूनिका युवाबीच नै प्रतिस्पर्धा हुँदै छ। 

एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार, त्यसमध्ये तीन जना निर्विरोध निर्वाचित भइसकेका छन्। लुम्बिनी प्रदेशबाट युवामा एक जनाको मात्रै उम्मेदवारी परेपछि लिलामणि गौतम निर्विरोध निर्वाचित भएका हुन्। 

त्यस्तै, खुलातर्फ केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन्। एमालेले खुल्लातर्फ युवाका लागि दुई वटा केन्द्रीय सदस्य छुट्याएको थियो। त्यसमा दुई जनाको मात्रै उम्मेदवारी परेपछि रोकाया र थापा निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले जनाएका छन्। 

यसैगरी मधेसी कोटाबाट अमरकुमार यादव र रौनित साह निर्विरोध निर्वाचित भएका छन्। मधेसी कोटाबाट दुई जना केन्द्रीय सदस्यका यादव र साहको उम्मेदवारी परेको थियो। 

बाँकी युवा केन्द्रीय सदस्यका १० पदमा ३० जना प्रतिस्पर्धा छन्। त्यसमा पनि फरकफरक क्षेत्रमा फरकफरक उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। 

सात प्रदेशसँगै एमालेले राजधानीलाई पनि विशेष प्रदेशमा राखेको छ। जसअनुसार, सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी र डीबी साउँद (दानबहादुर) प्रतिस्पर्धामा छन्। 

कर्णाली प्रदेशबाट तपेन्द्रबहादुर शाही र रुद्रबहादुर शाही, गण्डकी प्रदेशबाट नवराज ओझा र प्रकाश पौडेल उम्मेदवार बनेका छन्। बागमती प्रदेशबाट आङदोर्जे शेर्पा, जेनिश लामा (जेन), निशा अधिकारी र लालबहादुर बुढाथोकी (एलबी) प्रतिस्पर्धामा छन्। 

मधेस प्रदेशबाट अमितकुमार यादव, मोबिन आलम, रवि पोखरेल र विभाकुमारी यादव तथा कोसी प्रदेशबाट लोकश निरौला र क्षितिज थेवे उम्मेदवार छन्। राजधानी विशेष प्रदेसबाट राजन थापा, सन्तोष खड्का र सुनिता डंगोल प्रतिस्पर्धा गरिरहेका छन्। सबै प्रदेशबाट एक–एक युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 

त्यस्तै, आदिवासी जनजातीतर्फ दुई वटा युवा केन्द्रीय सदस्यका लागि कल्पना वाईवा, दीपककुमार माझी, दीपेन्द्र सुनारी, प्रकाश भुजेल, फुर्वा शेर्पा, मनोज ताम्ली र सम्राट गौचन प्रतिस्पर्धामा छन्। 

दलितबाट निर्वाचित हुने एक केन्द्रीय सदस्यका लागि देवकृष्ण विकन (विश्वराज), निता घतानी, सरोज विक र हिरालाल विश्वकर्मा उम्मेदवार बनेका छन्। 

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, आज साँझबाट मतदान हुनेछ। महाधिवेशनमा २ हजार २ सय ६५ जना प्रतिनिधि मतदाता छन्। 

युवातर्फ कुन क्षेत्रमा कति उम्मेदवार ?

  • सुदूरपश्चिम (१) : गोविन्द गिरी र डीबी साउँद (दानबहादुर) 
  • कर्णाली (१) : तपेन्द्रबहादुर शाही र रुद्रबहादुर शाही
  • लुम्बिनी (१) : लिलामणि गौतम
  • गण्डकी (१) : नवराज ओझा र प्रकाश पौडेल
  • बागमती (१) : आङदोर्जे शेर्पा, जेनिश लामा (जेन), निशा अधिकारी र लालबहादुर बुढाथोकी (एलबी)
  • मधेश (१) : अमितकुमार यादव, मोबिन आलम, रवि पोखरेल र विभाकुमारी यादव
  • कोसी (१) : लोकश निरौला र क्षितिज थेवे
  • राजधानी विशेष (१) : राजन थापा, सन्तोष खड्का र सुनिता डंगोल
  • आदिवासी जनजाती (२) : कल्पना वाईवा, दीपककुमार माझी, दीपेन्द्र सुनारी, प्रकाश भुजेल, फुर्वा शेर्पा, मनोज ताम्ली र सम्राट गौचन
  • मधेसी (२) : अमरकुमार यादव र रौनित साह
  • दलित (१) : देवकृष्ण विकन (विश्वराज), निता घतानी, सरोज विक र हिरालाल विश्वकर्मा 
  • खुला (२) : नरेश रोकाया र सुशीलकुमार थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad