राजनीति


सुदनलाई तनुजाको चेतावनी: ‘जेठो छोरा’ लाई सुनाइदिनू– नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर

सुदनलाई तनुजाको चेतावनी: ‘जेठो छोरा’ लाई सुनाइदिनू– नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर

नेपालखबर
पुस १, २०८२ मंगलबार ११:१४, काठमाडौँ

जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफूलाई जेनजी प्रतिनिधि दाबी गर्ने सुदन गुरुङलाई जेनजीको नाम नबेच्न चेतावनी दिएकी छन्।सामाजिक सञ्जालमा उनले नेपाल प्रयोगशाला नभएको भन्दै पाण्डले गुरुङलाई यस्तो चेताबनी दिएकी हुन्। 

‘राजनीतिमा राजनीतिक चेतना किन महत्वपूर्ण हुन्छ भन्ने कुरा ‘जेठो छोरो’ लाई हेरेर नै आँकलन गर्न सकिन्छ। जेठो छोरो अलि धेरै पुलपुलिएको देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘तपाईंका मागहरू पूरा नभए जेनजी ‘फेल’ हुन्छ भन्ने कथ्य जबरजस्ती थोप्ने काम अब बन्द गर्नुहोस्। यस्तो प्रदर्शनमुखी नबतभपभभउष्लन आफैँ लज्जास्पद छ। पक्षपात नहोस् भन्ने चाहना राख्नेले सबैभन्दा पहिले त्यो संस्कार आफैँबाट सुरु गर्नुपर्छ।’ 

गुरुङलाई प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरो’को संज्ञा दिँदै उनले सुदन गुरुङले विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै आएको भन्दै आफ्नो अभिव्यक्तिको ख्याल गर्न चेतावनी दिएकी हुन्। 

‘कहिले नेताहरूलाई निर्वाचनमा आउन नदिने घोषणा गर्छौ, कहिले पार्टी नै आवश्यक छैन भन्छौ। कहिले बहुदलीय लोकतन्त्रको वकालत गर्छौ, अनि तिनै दलहरूलाई बेवास्ता गर्दै एकपक्षीय सम्झौता गर्छौ। कहिले सम्माननीय राष्ट्रपतिले बहुदलीय प्रणालीको समर्थन गरेकै भरमा ज्यान मार्ने धम्की दिन्छौ। फेरि त्यही दलहरूलाई सार्वजनिक बहसमा आउनुपर्ने भन्दै, अन्ततः तिनैलाई ‘अन्तिम विकल्प’का रूपमा प्रस्तुत गर्छौ। यस्तो विरोधाभासलाई राजनीति होइन, असंगत नाटक भनिन्छ,’ पाण्डेले भनेकी छन्। 

अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमा आत्म‑विश्लेषण गर्न पनि उनले भनेकी छन्। ‘पछिल्ला तीन महिनामा तिम्रो अस्थिर र असंगत कदमले देश र हाम्रो आन्दोलनलाई कति क्षति पुर्‍यायो भन्ने बुझ,’ गुरुङलाई चेतावनी दिँदै पाण्डेले भनेकी छन्, ‘तिमीलाई चाहिएको बेला संसद् भत्काउने र नचाहिएको बेला पुनःस्थापना गर्ने, घरी चुनाव गर्ने, घरी चुनाव नगर्ने मनपरी स्वीकार्य छैन। खबरदार, नेपाल कसैको प्रयोगशाला होइन। व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजीको नाम बेच्ने काम तुरुन्त बन्द गर।’

उनले अगाडि लेखेकी छन्, ‘कसैले जेठो छोरालाई सुनाइदिनुहोस् ७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्न आवश्यक छ। कम्तीमा भरपर्दो र निरन्तरशील हुनु अनिवार्य छ। त्यो सिटका लागि योग्य हुन पनि जरुरी छ (नैतिक रूपमा पनि)! अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु भनेको पूर्ण पाखण्ड हो, र यसले तपाईंको राजनीतिक नैतिकता नै प्रश्नवाचक बनाउँछ।’

उनले गुरुङलाई अब केही समय विश्राम लिन भनेकी छन्। ‘अब केही समय विश्राम लिनुहोस्। जुन क्षेत्रमा तपाईंको दक्षता छ, त्यसमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। गम्भीर राजनीतिक विषयमा तपाईंका बढ्दो टिप्पणीहरू देशको शान्तिका लागि चिन्ताजनक बन्दै गएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad