राजनीति


एमालेको निर्वाचन कार्यक्रम तेस्रो पटक संशोधन, सर्‍यो मतदानको समय

एमालेको निर्वाचन कार्यक्रम तेस्रो पटक संशोधन, सर्‍यो मतदानको समय

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १७:४९, काठमाडौँ

नेकपा (एमाले)को एघारौँ महाधिवेशनको निर्वाचन कार्यक्रम तेस्रो पटक संशोधन गरिएको छ भने मतदान समय सारिएको छ। 

एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले सोमबार अपराह्न निर्वाचन कार्यक्रम संशोधनको सूचना जारी गरेका छन्। यसअघि सोमबार बिहान सूचना प्रकाशित गरेर निर्वाचन कार्यक्रम संशोधन भएको सूचना जारी गरिएको थियो। 

नयाँ निर्वाचन कार्यक्रमअनुसार, सोमबार राति साढे ८ बजेसम्म उम्मेदावरको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यसअघि उम्मेदवारमाथि परेर उजुरी छानबिन हुनेछन्। 

त्यस्तै, मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ। यसअघि बिहानैदेखि मतदान हुने कार्यक्रम तय गरिएको थियो। उम्मेदवारी दर्तामा ढिलाइ भएपछि मतदानको समय सारिएको निर्वाचन आयोगले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad