सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए। त्यस्तै, सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठ नियुक्त गरेको छ।
यसअघि उनी राष्ट्रिय योजना आयोगको सदस्य थिए। आयोगमा आउनुअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए।
138
Shares

प्रतिक्रिया