नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्।
महासचिवको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा राखेपछि उनले त्यसलाई अस्वीकार गरेका थिए।
असन्तुष्ट उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेवादरी दिएका हुन्। अब उम्मेदवारी दर्ताको समय पनि सकिएको छ।
ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल नै दोहोरिएका छन्।
ज्ञवाली ओलीका निकट सहयोगी नेता हुन्।
अप्ठ्यारो समयमा उनले सधै ओलीको प्रतिरक्षा गर्ने गरेका थिए।
1.0k
Shares

प्रतिक्रिया