एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिको कार्ड वितरण सुरु भएको छ।
बन्द सत्र सञ्चालनअघि एमालेले महाधिवेशनमा मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरुको कार्ड महाधिवेशन स्थल बाहिर वितरण थालेको हो।
प्रतिनिधि कार्डमा नाम, विवरण वा अन्य विवरण सच्याउन कार्ड दिएका प्रतिनिधि तथा मनोनीत प्रतिनिधिले तोकिएको स्थानमा पुगेर कार्ड लिन सक्ने व्यवस्था गरिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।
एमाले महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ।
एमाले महाधिवेशन स्थलकाे बाहिरी दृश्य 






90
Shares

प्रतिक्रिया