नेकपा एमालेको विधान संशोधन गर्न नहुने पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू उभिएका छन्।
आइतबार भृकुटीमण्डमा ११ औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन गर्न नहुने पक्षमा उनीहरू देखिएका हुन्।
बैठकमा धारणा राख्दै उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा स्थाथी कमिटी सदस्यहरू बिन्दा पाण्डे, कर्ण थापा र काशिनाथ अधिकारीले पनि विधान संशोधन गर्न नहुने धारणा राखेका छन्।
शुक्रबार बसेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनेगरि विधान संशोधन गर्ने प्रस्ताव ल्याउने तयारीमा थिए।
तर, त्यहाँ सचिवालयका अधिकांश सदस्य विपक्षमा उभिएपछि गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसारै नेतृत्व निर्माण गर्ने निर्णय बैठकबाट भएको थियो।
तर, ओली पक्षले फेरि केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव ल्याएर त्यही पारित गर्न खोजेपछि केही नेताहरू त्यसको विपक्षमा उभिएका हुन्।
आफ्नो खेमाका नेताहरुको व्यवस्थापनका लागि सहज होस् भन्दै ओलीले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन खोजेका हुन्।
Shares

प्रतिक्रिया