राजनीति


एमाले महाधिवेशनपछि मात्रै मधेसमा मन्त्रिपरिषद् विस्तार हुने

एमाले महाधिवेशनपछि मात्रै मधेसमा मन्त्रिपरिषद् विस्तार हुने

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०८२ आइतबार १०:४६, काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरेका छन्। 

शपथ ग्रहण गर्दा तुरुन्तै विश्वासको मत लिएर मन्त्री परिषद् विस्तार गर्ने बताएका मूख्यमन्त्री यादवले अझै मन्त्रिपरिषद् विस्तारको होमवर्क सकेका छैनन्। 

मन्त्रीपरिषद् विस्तारको होमवर्क आज साँझ सम्ममा सकिने सम्भावना रहेको एक सांसदले जानकारी दिए। 

अब एमालेको महाधिवेनपछि मात्रै मन्त्रिपरिषद् विस्तार र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अघि बढ्ने उनले बताए।

‘हामी आजसम्ममा मन्त्रालय बाँडफाँडसहितको होमवर्क सक्ने तयारीमा छौँ,’ ती सांसदले नेपालखबरसँग भने, ‘एमालेको महाधिवेशनपछि नै अब मन्त्रिपरिषद् विस्तार र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अघि बढ्छ।’

मसिर २३ गते कांग्रेसका शीर्ष नेतालाई भेट्न काठमाडौँ आएका मुख्यमन्त्री यादवले २४ गते सत्ता गठबन्धनका सात दलको बैठक बोलाएका थिए। तर, उनी आफैँ २४ गते जनकपुर नफर्किएपछि बैठक स्थगित भएको थियो। त्यसयता सात दलको बैठक बस्न सकेको छैन। 

कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव यही मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले मंसिर २१ गते नै तीन सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। 

पद तथा गोपनियताको शपथ ग्रहण गर्दा यादवले यही मंसिर २४ गते विश्वासको मत लिने प्रचार गरिएको थियो।

तर सात दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नहुँदा मधेसमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। जसपा र माओवादी केन्द्र दुवैले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दा सहमति जुट्न नसकेको बताइएको छ। 

कांग्रेसका जंगीलाल राय, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल  मन्त्री नियुक्त भएका छन्। 

मधेसमा जंगीलाल र पटेलले विनाविभागीय मन्त्रीको शपथ खाँदा जनमतका महेश यादवले प्रदेशमा महत्वपूर्ण मानिएको अर्थमन्त्रीमा नियुक्ति पाएका छन्। 

सत्तारुढ दलहरूबीच मधेस प्रदेश सभाका सभामुखमा पनि सहमती हुन बाँकी छ। एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि मधेसमा अहिले मुख्यमन्त्री पद पनि खाली छ। 

मधेसमा सभामुखमा पनि जसपा र माओवादी केन्द्रले दाबी गर्दै आएका छन्। यस विषयमा पनि दलहरूबीच सहमती हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad