नेकपा एमालेले आफ्नो ११ औँ विधान महाधिवेशनमा विभिन्न १६ दलका प्रमुखलाई निम्तो दिएको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा शुभकामना दिन १६ दलका प्रमुखलाई निम्तो दिएको जानकारी दिए।
नेताहरूलाई निम्तो दिन गएका महेश बर्तौलाले प्रचण्डले आउने बताएको र देउवाले पनि आउन चाहेको भन्ने जानकारी आफूलाई गराएको बताए।
‘नेपाली कम्युनिस्ट पार्टीका अध्यक्षले आउँछु भन्नु भएको छ,’ उनले भने, ‘कांग्रेसका सभापति देउवाले पनि मलाई आउन रहर छ। म नआए कार्यवाहक सभापतिलाई पठाउँछु भन्नु भएको छ।’
उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रममा विभिन्न मित्रराष्ट्रहरुका राजनीति पार्टीहरुबाट शुभकामना सन्देशहरु प्राप्त गरेको बताए।
भोलि दिउँसो साढे १२ बजेदेखि उद्घाटन समारोह सञ्चालन हुने र दिउँसो साढे ३ बजेसम्म सक्ने योजना रहेको समेत गौतमले बताए।
उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव शंकर पोखरेलले गर्ने छन् भने अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने छन्।
Shares

प्रतिक्रिया