ग्लोबल


जब पुटिनको बैठकमा सरिफ जबरजस्ती घुसे (भिडिओ)

जब पुटिनको बैठकमा सरिफ जबरजस्ती घुसे (भिडिओ)

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार २०:५६, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको बैठकमा जबरजस्ती प्रवेश गरेका छन्। जतिबेला पुटिन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरिरहेका थिए।

यो घटना तुर्कमेनिस्तानमा भएको हो, जहाँ इन्टरन्यासनल पिस एन्ड ट्रस्ट फोरम आयोजना भइरहेको थियो। बैठकका क्रममा पुटिन र सहबाज सरिफ भेट्ने भनिएको थियो। तर ४० मिनेट पर्खाएर पनि पुटिनले सहबाजलाई भेट दिएनन्। 

यसपछि पाकिस्तानका प्रधानमन्त्री जबरजस्ती बैठक हलमा प्रवेश गरेका थिए। यद्यपि उनी १० मिनेटपछि निस्किए। केही समयपछि पुटिन बैठक हलबाट बाहिरिए र पत्रकारहरूलाई आँखा झिम्क्याए। 

यो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad