नेकपा (एमाले)को सचिवालय बैठक विधान संशोधन नहुने भएकाे छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन हुने प्रचार गलत भएको बताए।
‘यसपटक हामीले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राख्दै जुन विधान त्यहाँ (विधान महाधिवेशनमा) पारित भएको छ त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अर्थात २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीसहितको नेतृत्व निर्माण गर्ने निर्णय भएको छ।’
उनका अनुसार अब पदाधिकारी १५ सदस्यीय हुने छ भने केन्द्रीय कमिटी २०५१ सदस्यीय नै हुने छ।
त्यस्तै महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गरिने पनि उनले जानकारी दिए।
सचिवालय ‘अध्यक्ष मण्डल’ का रूपमा
यसपटक बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने प्रस्ताव गरिएको छ। बन्द सत्रका कार्ययोजना तथा सञ्चालन विधि पनि सचिवालयले नै तोक्ने ज्ञवालीले बताए।
दुई समिति गठन
महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि प्रदीप ज्ञवालीको संयोजकत्वमा एक समिति बनाइएको छ। महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा अलग समिति गठन गरिएको छ।
Shares

प्रतिक्रिया