छापा खबर


देशभरका दस लाख परिवारलाई राहत वितरण

देशभरका दस लाख परिवारलाई राहत वितरण

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १:१९,

बन्दाबन्दीबाट प्रभावित देशभर असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ।

शुक्रबारसम्म सातवटै प्रदेशमा १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सरकारले एक महिनाअघि बन्दाबन्दीबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक र मजदुरलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा मन्त्रालयले राहत वितरणका लागि नमुना मापदण्ड जारी गरी ७५३ वटै स्थानीय तहलाई पठाएको खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन्।

असङ्गठित क्षेत्रमा कार्यरत विभिन्न श्रमिक र दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई एकद्वार प्रणालीबाट स्थानीय तहले राहत सामग्री वितरण गरेको हो।

कतिपय स्थानीय तहमा अझै पनि राहत सामग्री वितरण कार्य जारी रहेको र कतिपय स्थानीय तहले राहत सामग्रीको विवरण मन्त्रालयमा पठाउन ढिलो गरेकाले उक्त सङ्ख्याभन्दा थप धेरै घरपरिवारलाई राहत सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले स्थानीय तहमा राहत पाउने लाभग्राहीको यकिन तथ्याङ्क राख्न सातवटै प्रदेशमा एक÷एक जना उपसचिव परिचालन गरी सोको तथ्याङ्क अद्यावधिक गर्दै आएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए।

मन्त्रालयका अनुसार स्थानीय तहले वितरण गरेका राहत सामग्रीमा चामल १० देखि ३० किलोसम्म, नुन दुईदेखि चार पाकेट, दाल दुईदेखि तीन किलो, तेल दुईदेखि चार लिटर र साबुनलगायत छन्।

प्रतिघरपरिवारलाई प्रदान गरिएको राहत सामग्रीको मूल्य एक हजार दुुई सयदेखि एक हजार सात सय रुपियाँसम्म रहेका छन्। सबै स्थानीय तहमा एउटै परिमाणमा राहत सामग्री वितरण नभएकाले सबैको छुट्टाछुट्टै विवरण सङ्कलन नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad