प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आज (शुक्रबार) चार मन्त्री थपिँदै छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्ति गर्न लागिएको हो।
जसअनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइनेछ।
उनीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ।
यसअघि भूमि मन्त्रालयको पनि जिम्मेवारी जिम्मेवारी सम्हालिरहेका अनिलकुमार सिन्हालाई भने सट्टामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले नेपालखबरलाई जानकारी दियो।
बाँकी दुई- उद्योग वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने उनको यथावत् रहनेछ।
Shares

प्रतिक्रिया