राजनीति


एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी

च्यासलमा जारी एमाले महाधिवेश मूल व्यवस्थापन समितिको बैठक।


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ११:५६, काठमाडौँ

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक जारी छ। 

बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको हो।

महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल भइरहेको छ।

जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको छ।

आज १४ वटै समितिका संयोजकले आआफ्ना तर्फबाट गरिएको तयारीबारे बैठकमा जानकारी गराउनेछन्।

सबै समितिलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन आवश्यक छलफल हुनेछ।

एमालेको एघारौँ महाधिवेशन उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारी गरिनेछ भने त्यसपछि बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डप हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad