नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनमा पराजित भए पनि आफू र आफ्नो टोली एमालेमै रहने स्पष्ट गरेका छन्।
बुधबार पत्रकार भेटघाटमा उनले भने, ‘हामी जित्छौँ भन्ने विश्वास छ, तर हारियो भने पनि माधव नेपालजी वा भीम रावलजीको जस्तो छुट्टै पार्टी खोल्ने दृष्टान्त हाम्रोमा लागू हुँदैन। हामी सधैं नेकपा एमालेकै पक्षमा रहिरहन्छौँ।’
उनले प्रतिस्पर्धाबाट आउने नतिजा स्वीकार गर्न नसक्ने राजनीतिक संस्कारकै कमजोरी इंगित गर्दै थपे, ‘जित्दा मात्रै खुशी हुने होइन, हार्दा पनि स्वीकार गर्ने मानसिकता आवश्यक छ। प्रतिस्पर्धा गर्नेहरूले परिणाम मान्न सक्नुपर्छ भन्नेमा हामी सचेत छौँ।’
पोखरेलले आफ्नो असन्तुष्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीसँग सम्बन्धित रहेको बताए।
Shares

प्रतिक्रिया