राजनीति


अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस

अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८२ बुधबार ११:२९, काठमाडौँ

कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्। काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन्। 

नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४बाट उम्मेदवार सिफारिस गरिएको कांग्रेस सर्लाहीले जनाएको छ। कांग्रेसको क्षेत्रीय समिति बैठकले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ थापाको नाम सिफारिस गरेको हो। यो क्षेत्रबाट थापासँगै मधेस प्रदेशसभा सदस्य वीरन्द्रप्रसाद सिंह पनि उम्मेदवार सिफारिस भएका छन्। 

तर, चार दिनअघि मात्रै सर्लाही सदरमुकाम मलंगवा पुगेका बेला थापाले आफू यसपटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताएका थिए।

०७९ मा भएको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए। 

सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए। 

कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर ४ बाट  यसपटक पनि थापालाई नै सिफारिस गरेको छ। 

क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। थापाले काठमाडौँ ४ बाट लगातार निर्वाचन जित्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad