ad ad

राजनीति


चीनको गान्सु प्रान्त सरकारद्वारा बागमती र प्रदेश-५ लाई स्वास्थ्य सामग्री प्रदान

चीनको गान्सु प्रान्त सरकारद्वारा बागमती र प्रदेश-५ लाई स्वास्थ्य सामग्री प्रदान

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ११:२४,

विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको रोहोबरमा सो मन्त्रालयका सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पीपीई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले कोरोना विरुद्धकोे लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामाग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। यो खालको सहयोगले नेपाल–चीनवीचको सम्वन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनतावीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे। मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसवीचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि उच्च प्रशंसा गरे।

त्यस्तै, गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने बताए। चीनवाट शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भइसकेको सन्दर्भमा आफूहरुले यसवाट प्रभावित देशहरुलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उनले कोरोना विरुद्धको यो लडाई जित्न थप आवश्यकता चाहिएमा खुलस्त रुपमा भन्न समेत आग्रह गरे।

उनले भने, ‘नेपाललाई यो महामारीबाट हुनसक्ने धनजनको क्षतिवाट बचाउन थप आवश्यकता चाहिए खुलस्तरुपमा भन्नुहोला, हामी सहयोगका लागि तयार छाैं।’ यस्ता महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुने उल्लेख गर्दै उनले मानव– मानववीचको सद्भाव कायम राख्न र दुई देशवीचको प्रगाढ सम्वन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रुपमा यो सहयोग प्रदान गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .