ad ad

खेल


खेलपत्रकार भोम्जनको स्मृतिमा वृद्धाश्रममा आश्रितलाई एक छाक भोजन

खेलपत्रकार भोम्जनको स्मृतिमा वृद्धाश्रममा आश्रितलाई एक छाक भोजन

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ११:८,

महाभूकम्पमा परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा शुक्रबार वृद्धाश्रमलाई नगद सहयोग गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमितिले मञ्चका मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष भोम्जनको स्मृतिमा हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रित ४० जनालाई एकदिनको भोजनका लागि १० हजार रुपैयाँ प्रदान गरेको छ।

मकवानपुर अध्यक्ष राजन दाहाल, सुमनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्टसहितको समूहले सो रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए। भोम्जनको २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परि काठमाडौंमा निधन भएको थियो ।

भोम्जनको स्मृतिमा प्रत्येक वर्ष वैशाख १९ गतेको दिनमा मञ्चले विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएपनि यो वर्ष कोरोना भाइरसका कारण केन्द्रमा कुनै कार्यक्रम नगरी जिल्ला शाखामार्फत् आश्रमलाई सहयोग उपलब्ध गराइएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ। भूकम्प १२ गते गएको भएपनि भोम्जनको शब भेटिएको दिन वैशाख १९ गते मञ्चले स्मृति दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .