ad ad

खेल


आँखामा चोट लागेर उपचाररत समिक्षालाई एन्फाको सहयोग

आँखामा चोट लागेर उपचाररत समिक्षालाई एन्फाको सहयोग

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ११:५१,

दायाँ आँखामा चोट लागेर उपचार गराइरहेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई अखिल नेपाल फुटबल संघ एन्फाले आर्थिक सहयोग गरेको छ।

एन्फाका सहायक महासचिव वसन्त अर्यालले शुक्रबार विरानगर आँखा अस्पतालमा उपचार गराइरहेकी मगरको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेका हुन्। उनको उपचारमा अझै आर्थिक सहयोग गरिने एन्फाले जनाएको छ। अन्डर १६ टोलीकी सदस्य समेत रहेकी समिक्षाले केही महिनाअघि काठमाडौमा भएको क्वीक्स कप समेत खेलेकी थिईन्। 

यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारी अध्यक्ष रहेको विराट सांग्रिला स्पोर्टिङ क्लबले उनलाई आर्थिक सहयोग गरेको छ। क्लबले उपचारका लागि आजै २५ हजार रुपैयाँ सहयोग गरेको हो।

उदयपुरको बेलका नगरपालिका ५ की समिक्षाको समिक्षाको गत वैशाख १२ गते बारी खन्ने क्रममा ढुंगा उछिट्टिएर आँखामा चोट लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .