राजनीति


जसपा नेपालको देशभर प्रदर्शन, जिल्ला प्रशासन अगाडि धर्ना

जसपा नेपालको देशभर प्रदर्शन, जिल्ला प्रशासन अगाडि धर्ना

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १५:३७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा), नेपालले आइतबार देशभर प्रदर्शन गरेको छ भने सबै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। 

आफ्ना माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशब्यापी प्रदर्शनमा उत्रिएको हो। जसपा नेपालले तीन दिनदेखि लगातार देशब्यापी रुपमा जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै आएको छ। 

यसअघि, जसपा नेपालले सरकार समक्ष २८ बुँदे माग राखेको थियो। माग सम्बोधनका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो। 

जसपा नेपालले मंसिर १० गतेदेखि देशब्यापी रुपमा शान्तिपूर्ण आन्दोलन स्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ। जसपा नेपालले संविधान संशोधन, पुनर्लेखन गरी राष्ट्रिय समस्याको समाधान गरी मुलुकलाई निकास दिनुपर्ने, राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण लगायतको माग राखेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad