समाज


मानवअधिकार महाभेला सोमबारदेखि, एक हजारभन्दा बढी अधिकारकर्मी सहभागी हुने

मानवअधिकार महाभेला सोमबारदेखि, एक हजारभन्दा बढी अधिकारकर्मी सहभागी हुने

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १५:४३, काठमाडौँ

७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला सोमबारदेखि ललितपुरमा शुरु हुने भएको छ। 

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले उक्त जानकारी दिएको हो। यही मंसिर २८ गतेसम्म हुने उक्त महाभेलाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गर्दै सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा विसीले महाभेलाको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्ने जानकारी दिइन्। उनकाअनुसार यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समृद्ध नेपाल’ भन्ने नाराका साथ मनाइँदै छ।

अध्यक्ष विसीले महाभेलामा राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न गैरसरकारी महासंघहरू तथा १२५ भन्दा बढी मानव अधिकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने बताइन्।

उनले नेपाल मानव अधिकार पक्षराष्ट्रका रूपमा अन्तरराष्ट्रिय समुदायसमक्ष गरेको प्रतिवद्धता पूरा गर्ने प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै सरकारलाई सचेत गराउन महाभेलाले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

महाभेलामा देशभरबाट करिब एक हजारभन्दा बढी मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad