मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले तीनजना मन्त्री नियुक्त गरेका छन्।
कांग्रेसका जंगीलाल राय यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल मन्त्री नियुक्त भएका हुन्।
जंगीलाल र पटेलले विनाविभागीय मन्त्री बन्दा महेशले अर्थमन्त्रीमा शपथ गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन्।
आज बिहान मात्रै मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। उनले यही यही मंसिर २४ गते प्रदेशसभामा विश्वासको मत लिने जनाएका छन्।
561
Shares

प्रतिक्रिया