राजनीति


प्रधानमन्त्री कार्कीलाई भेटेर खगेन्द्र सुनारले माफी मागे

प्रधानमन्त्री कार्कीलाई भेटेर खगेन्द्र सुनारले माफी मागे

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १६:२४, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले आफ्नो कारणले आलोचना खेप्नु परेको भन्दै माफी मागेका छन्। 

अध्यक्ष सुनारसँगै हाम्रो पार्टी नेपालको टोली शुक्रबार प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेको थियो। भेटका क्रममा प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताइन्। 

प्रधानमन्त्री कार्कीले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिइन्। सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुनसक्छ भनेर आफूले पनि प्रयास गर्ने बताइन्। 

हाम्रो पार्टी नेपालका अध्यक्ष सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्थाका लागि आग्रह गरेको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेकोबारे आफ्नो मत प्रधानमन्त्रीलाई राखेको अध्यक्ष सुनारले बताए। 

यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै अध्यक्ष सुनारले क्षमायाचनासमेत गरेका थिए। उनले विषम परिस्थितिमा मुलुक सम्हाल्न अगाडि सरेकामा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad