राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावका लागि वाचापत्र तयारी सुरु गरेको छ।
वाचापत्रका लागि गठन गरिएको कार्यदलले शुक्रबार साँझ जुम बैठकमार्फत पार्टीको सबै संयन्त्रबाट सुझाव संकलन गर्न गर्ने भएको हो।
जुम बैठकमा स्वर्णिम वाग्ले, अरनिको पाँडे, क्रान्ति शिखा धिताल र नन्दन यादवको यसको संयोजन गर्ने छन्।
कार्यदलले वाचापत्रका प्राथमिकता, एजेन्डा तथा नीति-कार्यक्रमहरू तयार पार्ने लक्ष्यासहित विविध तह तथा संरचनाबाट सुझाव संकलन प्रक्रियालाई तीव्र पार्ने तयारी गरेको जनाएको छ।
90
Shares

प्रतिक्रिया