समाज


बागलुङमा जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा जीप दुर्घटना हुँदा ८ जना घाइते

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १९:३५, ढोरपाटन (बागलुङ)

बागलुङमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बागलुङ नगरपालिका–८ सगिना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए।

घाइतेहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad