राजनीति


एमाले जेन-जी पुस्ताको अपेक्षाविरुद्ध कहिल्यै जाँदैनः विष्णु पौडेल

एमाले जेन-जी पुस्ताको अपेक्षाविरुद्ध कहिल्यै जाँदैनः विष्णु पौडेल

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १४:३८, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेन-जी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन्।

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। उपाध्यक्ष पौडेलले एमाले  जेन–जीको जायज आकांक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे।

एमाले कहिल्यै जेन-जी विरुद्ध नरहेको उनको भनाई थियो। उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरूको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे। 

उनले भने, ‘जेन-जी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु। एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेन-जीका मागका विरुद्धमा, उनीहरूका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु।’

उनले थपे, ‘जहाँसम्म भदौ २३, २४ को सन्दर्भ छ। २३ गते जेनजीहरु जुन माग र मुद्दामा आएका थिए। उनीहरूले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौँ। सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरूको माग हो। सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेन-जीहरूले माग राखेका होइनन्। उनीहरूको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनुपर्छ भन्ने थियो। यो नितान्त जायज माग थियो उनीहरूको।’ 

उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad