कारोबार


विवाहको सिजनमा ऐना युनिसेक्स सलुनले ल्यायो विशेष अफर

विवाहको सिजनमा ऐना युनिसेक्स सलुनले ल्यायो विशेष अफर

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १४:४८, काठमाडौँ

काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड मलमा सञ्चालित ऐना युनिसेक्स सलुनले विशेष अफरहरू ल्याएको छ।

सैलुनले विवाहको सिजनसहित जाडोयामलाई लक्षित गर्दै आफ्ना सेवाहरूमा भारी छुटको व्यवस्था गरेको छ।

विशेषगरी, बेहुला र बेहुलीको लागि ऐनाले विशेष अफर ल्याएका छ। सैलुनकी सञ्चालक खुसी पाठकका अनुसार १५ सय रूपैयाँमुनि नै प्रि-ब्राइडलको लागि सेवा दिइएको छ। जुन अरू बेलाको सेवाको तुलनामा ३५ प्रतिशत छुट हो। त्यस्तै, प्रिमियम प्रडक्टमै १५ हजारमै बेहुलीलाई तयार गरिन्छ।

बेहुलाको लागि भनेर पनि सलुनले विशेष प्याकेज ल्याएको छ। ६ हजार एक सयमै दुलाहालाई तयार पारिने सञ्चालक पाठकले जानकारी दिइन्। यसभित्र हेयरकटदेखि बियर्ड कट, फेसियल, पेडिकेर, मेनिकेयर र मेकअप रहेको छ। यस्तै १५ हजारमै बेहुलीलाई पनि तयार पारिन्छ।

हेयरमा पनि यस सलुनले विशेष छुट दिएको छ। हरेक किसिमको कपाललाई ४ हजार ५ सयमा ग्लोबल हेयर कलरिङ, क्यारेटिनलगायत गर्न सकिन्छ।

पाँचौँ वर्षमा सञ्चालित यस सलुनले सबै वर्गलाई हुने गरी सेवा प्रदान गर्दै आइरहेको सञ्चालक खुसी पाठकले जानकारी दिइन्।

‘हामीले प्रिमियम सर्भिसहरू दिँदै आएका छौँ। साथै हरेक क्लासलाई समेट्ने कोशिस गरिरहेका छौँ। ऐनाले पाँचौँ वर्षमा प्रवेश गरिसकेको छ। बजारमा चलेभन्दा कम शुल्कमा दिएका छौँ। यस्तै खालको मेकअप चाहिएको छ। तर, बजेट कम छ भन्नेहरूका लागि पनि त्यसैअनुसार सेवा सुविधा दिइरहेका छौँ’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad