राजनीति


राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १२:३५, काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित हुनेछ। त्यसपछि नामावलीमाथि दाबी विरोध तथा उजुरी छानबिन गरेर पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।

पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिन्ह वितरण गरिनेछ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सम्पन्न हुने गरी निर्वाचन कार्यक्रम तय भएको छ।

फागुन २० गतेसम्ममा राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल समाप्त हुँदैछ। यीमध्ये बामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सदस्य हुन्। बाँकी १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो।

कोशी प्रदेशबाट तीन, मधेश प्रदेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुईरदुई तथा लुम्बिनी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad