समाज


व्यवस्थापन समिति गठन नगर्ने विद्यालयको अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी

व्यवस्थापन समिति गठन नगर्ने विद्यालयको अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १२:४४, काठमाडौँ

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने विद्यालयको अनुदान रोक्ने चेतावनी दिएका छन्। 

मन्त्री पुनले समिति गठन नगरी पालिकाहरुले मनोमानी ढंगले विद्यालय सञ्चालन गरेको पाईएको भन्दै रकम रोक्ने चेतावनी दिएका हुन्।

मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना पठाएको जनाएका छन्। विद्यालय व्यवस्थापन समिति गठन गर्ने पालिकामा नाम संकलन भईरहेको मन्त्री पुनले जनाएका छन्। 

‘विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन्,’ मन्त्री पुनले फेसबुुकमा लेखेका छन्, ‘त्यस्ता पालिकाहरुलाई नियनानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा यस्ता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad