राजनीति


पोखरामा एमाले र जेनजीबीच झडप हुने संकेत

पोखरामा एमाले र जेनजीबीच झडप हुने संकेत

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १२:८, काठमाडौँ

सरकारसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अगुवा बनिरहेका हामी नेपालका संस्थापक सुदन गुरुङले पोखरामा आफूहरूले गर्न लागेको कार्यक्रम नेकपा एमालेले बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्। 

गुरुङले आज बिहान फेसबुकमा स्टाटस लेख्दै एमालेले रोक्न खोजे पनि पोखराको कार्यक्रम नरोकिने उल्लेख गरेका छन्। 

पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोखरेली आमा-बुबालाई दाजुभाइ तथा दिदीबहिनी हरू भेट्न हामी पोखरा निस्कियौँ र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, उनले लेखेका छन्, तर यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैँ सत्य र देशको पक्ष उभिन्छौँ, हामी आफ्ना जेनजी दाजुभाइ-बहिनीका आवाजसँग जोडिन्छौँ र अझ बलियो हुन्छौँ, हामी झण्डा गर्वले उचाल्छौँ, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौँ।’

उनको स्टाटसले पोखरामा पनि एमाले कार्यकर्ता र जेनजीबीच झडप हुने संकेत देखाएको छ। 

केही दिनअघि मात्र बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad