नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन्।
आइतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरू देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने, देश हितका कामहरु गर्ने रहेको बताए।
उनले आफूहरु देशभक्त नेपाली रहेको भन्दै त्यसमा गौरव गर्नुपर्ने बताए। देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशी चाकडी गरेर र उनीहरुसँग लड्न गएर नहुने बताए। नेपालको मामिलामा कसैले हस्तक्षेप गर्न नहुने र नेपालको भूमि कसैका लागि प्रयोग गर्न नदिने कुरामा ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘हामीले जुन उद्देश्यहरु राखेका छौँ, जुन लक्ष्यहरु तय गरेका छौँ, त्यसलाई जोगाउने, स्वाभिमानको रक्षा गर्ने, र देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ। त्यसो भएको हुनाले हामी देशभक्त नेपाली हौँ भन्नेकुरामा गौरववोध गर्नुपर्छ। देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशीको चाकडी गर्ने पनि होइन। उनीहरुसँग लड्न जाने पनि होइन। हाम्रो मामिलामा कसैले हस्तक्षेप नगरोस्। नेपालको भूमि कसैका लागि प्रयोग गर्ने काम नगरोस्।’
सहसंयोजक नेपालले पोखरा पर्यटनको निम्ति उर्वर भूमि भएकोबताए। सांस्कृतिक, ऐतिहासिक धरोहर पोखरा रहेको पनि बताए।
Shares

प्रतिक्रिया