राजनीति


कांग्रेस विवाद : नियमित महाधिवेशन पक्षधरले बोलायो छुट्टै भेला

कांग्रेस विवाद : नियमित महाधिवेशन पक्षधरले बोलायो छुट्टै भेला

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ९:३९, काठमाडौँ

नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि आज छुट्टै भेला गर्ने भएको छ। 

एक केन्द्रीय सदस्यका अनुसार दिउँसो २ बजे मध्यवानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्याकेटमा बस्नेगरी भेला बोलाइएको हो।

भेलामा नियमित छलफलमा जुट्दै आएका ७० बढी केन्द्रीय सदस्य उपस्थित हुने उनले बताए।

समूहलाई एकताबद्ध राख्न तथा आगामी रणनीतिबारे छलफल गर्न भेला बस्न लागेको ती केन्द्रीय सदस्यले जानकारी दिए। 

यो समूह विशेष महाधिवेशन गर्नै नहुने पक्षमा छ।

त्यसो त यो संस्थापन पक्ष पार्टीको १५औँ महाधिवेशन चुनावअघि गर्न नहुने अडानमा पनि छ। 

नियमित महाधिवेशन त्यो पनि वैशाखमा गरिपर्ने अडान यो समूहले लिएको छ।

यसैबीच नियमित कि विशेष महाधिवेशन भन्ने विवाद टुंग्याउन आजै दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास (महाराजगन्ज) मा पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad