राजनीति


भीम रावलले भने- हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस्

भीम रावलले भने- हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस्

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १५:४६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरेका छन्। पार्टीको सुदूरपश्चिमस्तरीय सभालाई धनगढीमा सम्बोधन गर्दै आगामी निर्वाचनमा जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुपर्ने बताएका हुन्। 

उनले आफ्नो पार्टी चुनावको लागि तयार रहेको तर सरकारले वातावरण भने तयार पार्नुपर्ने बताए। रावलले जेनजी आन्दोलनको समयमा सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर भागेको आरोप लगाए। 

त्यस्तै अहिले ओलीले भक्तपुरमा बसेर जनता धम्क्याइरहेको पनि आरोप लगाए। उनले भने 'सुरक्षा परिषद्को बैठकसमेत डाक्न नसकेर बालुवाटारबाट हेलिकप्टरबाट भाग्ने केपी ओलीजी जस्ता भक्तपुरको कुनामा बसेर जनतालाई धमक्याउने थर्काउनेलाई रोक्न तपाईंहरू सचेत हुनुस्। तपाईंहरूलाई नेतृत्व दिन नेपाली कम्युनिस्ट पार्टी तयार छ।' 

सरकारले अहिले बाहिर भएका गोलीगठ्ठा तत्काल नियन्त्रणमा लिनुपर्ने पनि रावलको भनाइ छ। 
'अन्तरिम सरकारलाई भन्न चाहन्छौँ। नेपाली कम्युनिस्ट पार्टी चुनावमा जान तयार छ। त्यसकारण निर्वाचन निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न बाहिर रहेका गोलीगठ्ठा नियन्त्रण गरोस्,' उनले भने, 'नेपाली कम्युनिस्ट पार्टीको यो यात्रालाई अब जनताको भावनालाई समेटेर अघि बढाउँदै छौँ। जेनजी र युवाको नाममा आन्दोलन भयो। हामी उनीहरूको आवाज बोक्छौँ। भ्रष्टाचारी कुशासन ल्याउनेहरूलाई खबरदारी गर्छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad