सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। जारी एनपीएलमा टस जितेर पहिले ब्याटिङ रोज्ने कर्णाली दोस्रो टोली हो। यअसघि शुक्रबार पोखरा एभेन्जर्सले जनकपुर बोल्टसविरुद्ध टस जितेर ब्याटिङ रोजेको थियो।
कर्णालीले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। अर्जुन घर्तीको स्थानमा दिपक डुम्रे आएका छन्।
विराटनगरले तीन खेलाडी परिवर्तन गरेको छ। सूर्य तामाङ, नरेन भट्ट र शुभम रन्जले बेन्चमा छन्। उनीहरूको स्थानमा साहिल पटेल, सेहान जयसूर्य र सुवास भण्डारी सुरुवाती ११ मा आएका छन्।
कर्णाली याक्सको टोली : सोमपाल कामी, पवन सर्राफ, दिपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।
विराटनगर किंग्सको टोली : सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अह्मद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, सेहान जयसूर्य, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे।
Shares

प्रतिक्रिया