मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ।
यादवको नियुक्तिविरुद्ध कृष्णप्रसाद यादव, अर्जन शाह र रकीप्रसाद साहले सर्वाेच्चमा छुट्टाछुट्टै रिट दिएका थिए।
तीनवटै रिटलाई एकसाथ राखेर सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा हिजोदेखि पूर्ण सुनुवाइ सुरु भएको हो।
यादव विरुद्धको रिटमा सर्वोच्च अदालतले यही मंसिर २ गते अन्तरिम आदेश दिँदै मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न यादवलाई अन्तरिम आदेश दिएको थियो।
गएको कात्तिक २४ गते उज्यालो नहुँदै हतारहतार बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता यादव विवादमा तानिएका हुन्।
यादवलाई होटलमै शपथ गराएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ। त्यसैगरि उनलाई नियुक्तिको लागि अनुकूल वातावरण सिर्जना गर्ने सभामुख रामचण्ड मण्डल पनि महाअभियोगबाट पदमुक्त भइसकेको छन्।
Shares

प्रतिक्रिया