नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तेस्रो पटक सरेको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार साँझ सूचना जारी गरी बैठक सरेको जानकारी दिएका छन्। मंसिर १२ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गतेलाई सरेको पौडेलले जनाएका छन्।
कांग्रेसले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ।’
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ गते बसेको थियो। त्यसपछि स्थगित भएको बैठक मंसिर ११ गते बोलाइएको थियो।
कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन र चुवनाअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ। त्यसमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमितिको बैठक सारिँदै आएको छ।
मंसिर १२ गते बस्ने भनिएको बैठक फेरि सारिएको हो। अर्को बैठक मंसिर १४ गते दिउँसो २ बजे बस्ने तय गरिएको छ।
Shares

प्रतिक्रिया