राजनीति


परराष्ट्र सचिव राई बेल्जियममा

परराष्ट्र सचिव राई बेल्जियममा

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २२:१०, काठमाडौँ

परराष्ट्र सचिव अमृतबहादुर राई आज बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। युरोपेली युनियनको मुख्यालयमा २०८२ साल मंसिर १२ गतेमा हुने १६ औँ नेपाल–ईयू संयुक्त आयोगको बैठक हुँदैछ।

सो बैठकमा नेपाली पक्षको नेतृत्व सचिव राईले गर्नेछन्।

बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेअनुसार संयुक्त आयोगको बैठक भन्दा पहिले, विकास सहयोगसम्बन्धी आठौँ नेपाल–ईयू उप(आयोगको सेसन हुनेछ।

मंसिर ११ गते हुने सो सत्र सञ्चालन हुने तय भएको उनले उल्लेख गरेकी छन्। प्रतिनिधि मण्डलमा परराष्ट्र सचिव राइकाका साथमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरू पनि सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad