नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको आरोप लगाएका छन्।
‘यो सरकार मूल रुपमा जेनजी आन्दोलनको परिणाम हो, जेनजी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा सञ्चालित हो,’ सिंहले भने, ‘त्यसका मान्छेहरू पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फान्डेसनसँग सम्बन्धित छ। एनजीओ, आइएनजीओसँग सम्बन्धित छ। त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ।’
उनले जेनजी आन्दोलनलाई गलत तत्वहरूले ‘हाइज्याक’ गरेको समेत उल्लेख गरे। ‘यो जेनजी आन्दोलनलाई गलत तत्वहरुले बीचमा हाइज्याक गरे, जेनजी आन्दोलनभित्र गलत तत्वहरुको प्रयोग भएको छ,’ सिंहको भनाइ छ, ‘यसले मूल रुपमा जेनजी आन्दोलन रहेको छैन।’
उनले कुनैपनि देशको राजनीतिमा मूल भूमिका राजनीतिक दलहरुले नै खेल्ने बताए।
Shares

प्रतिक्रिया