नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले एमाले-नेपाली कांग्रेसको अपमान गरेको बताएका छन्। पार्टीको भोलेन्टियर फोर्सको घोषणा गर्दै उनले १२५ वटा दलसँग वार्ता भनेर बोलाएर कांग्रेस-एमालेको अपमान गरेको बताएका हुन्।
उनले प्रधानमन्त्रीले दलहरूसँगको वार्तामाथि नै प्रश्न उठाएका हुन्।
'तपाईंले गरेका वार्ता कस्ता थिए? १२५ पार्टी बोलाएर कस्तो वार्ता यो?,' उनले भने, '१२५ पार्टीसँग वर्ता गरेर एमाले-कांग्रेसजस्तो पार्टीलाई अपमान गरेको हो। तमासा हो यो। देशलाई माया गर्न सिकौँ। सुशीलाजीलाई भन्न चाहन्छु- तपाईं म भन्दा साढे तीन महिना कान्छि हो। यस्तो कुरा गर्न मिल्छ?'
390
Shares

प्रतिक्रिया