ad ad

राजनीति


नेकपाभित्र देखिएको विवादले जनतालाई निराश बनायो : महरा

नेकपाभित्र देखिएको विवादले जनतालाई निराश बनायो : महरा

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ७:५६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पार्टीभित्र देखिएको विवादले जनतालाई निराश बनाएको बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेता महराले कोरोना भाइरस (कोभिड १९) का कारण देश संकटको भूमरीमा परेको बेला सञरुढ दलमै विवाद देखिनुलाई राम्रो मान्न नसकिने बताएका छन्।

उनले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न अपील समेत गरेका छन्।

‘अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो’, महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिँदैन।’

नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको संघर्ष उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .