नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। आगामी मंसिर २७ गतेबाट हुने ११ औँ महाधिवेशनलगायतका विषयमा छलफलका लागि बैठक बसेको हो। बैठक बिहीबार दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको एमालेले जनाएको छ।
बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ।
नेकपा एमालेले संसद पुनःस्थापनाको विषय अगाडि बढाएको छ। त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ। साथै बारामा एमाले नेताहरुलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो।
60
Shares

प्रतिक्रिया