राजनीति


गृहमन्त्री अर्यालविरुद्ध सुदन गुरुङले थाले सामाजिक सञ्जालमा अभियान

गृहमन्त्री अर्यालविरुद्ध सुदन गुरुङले थाले सामाजिक सञ्जालमा अभियान

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १०:३९, काठमाडौँ

सरकारसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहने ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन्।

उनले फेसबुकमा ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दै छ’ शीर्षकको ब्यानर सेयर गर्दै गृहमन्त्री अर्यालको राजीनामा मागेका हुन्। 

पोस्टरका साथ उनले बुधबार बाराको सिमरामा भएको घटनाबारे गृहमन्त्री अर्यालविरुद्ध आफूले लेखेको स्टाटस पनि राखेका छन्।

‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जनेजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो’, गुरुङले लेखेका छन्, ‘यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरूलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरूमाथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देशप्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु।’

त्यसो त गुरुङले आजै बिहान पनि गृहमन्त्री अर्यालविरुद्ध अर्को स्टाटस लेखेका छन्। 

‘त्यो बच्चाहरूको रगतले लतपतिएको कुर्चीमा बसेर हत्याराहरू.. ठाडो शिर उठाएर हाँस्दै हिँडेको लाचार भएर टुलुटुलु हेरेर बस्न लाज लाग्दैन गृहमन्त्रीज्यू’, उनले लेखेका छन्, ‘न्यायले पनि सहिदहरूलाई जिस्क्याइरहेको देखिन्छ, सहिदका परिवार "कस्तो देशमा सन्तानले रगत" बगाए भन्दै झस्किँदै गरेको सुनिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad