राजनीति


सिमराको प्रदर्शनमा नाम जोडेपछि माओवादी केन्द्रले जनायो आपत्ति, एमालेले जेनजी कुटेको आरोप

सिमराको प्रदर्शनमा नाम जोडेपछि माओवादी केन्द्रले जनायो आपत्ति, एमालेले जेनजी कुटेको आरोप

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १८:५५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको नेकपा माओवादी केन्द्रले बाराको सिमरामा भएको प्रदर्शनमा आफूहरूलाई जोेडेको भन्दै आपत्ति जनाएको छ। 

माओवादी केन्द्रको जीतपुरसिमरा उपमहानगर कमिटीले बुधबार विज्ञप्ति जारी गरेर कतिपय संचारमाध्यममा आजको प्रदर्शनमा संलग्नता भएको उल्लेख गरिएको भन्दै त्यसको खण्डन गरेको छ। 

‘आजको सिमरा घटनाको सम्दर्भमा ने.क.पा. (माओवादी केन्द्र) को संलग्नता भनी विभिन्न संचारमाध्यम र सामाजिक संजालहरुमा आएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसमा हाम्रो पार्टीको संलग्नता नरहेको समेत जानकारी गराउँदछौं।’

बुधबार हिान सिमरा चोकमा जेनजीले गरेको शान्तिपूर्ण प्रदर्शनमा नेकपा एमालेका नगर अध्यक्ष त्रिलोक साह ठकुरी र निर्वाचित वडा अध्यक्षहरू धनबहादुर श्रेष्ठ, कैमुदिन अंसारी, सुनिल गुप्तासहितको उपस्थिति रहेको अवस्थामा नेपाल प्रहरीकै जेनजी युवामाथि आक्रमण गरेको उल्लेख गरिएको छ। 

उक्त आक्रमणबाट सम्राट उपाध्याय, सुजल पाठक, शेख सफिद, रमेश भण्डारी, सौरभ रिमाल लगायतका यूवाहरु घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सिमरामा भएको प्रदर्शनका कारण त्यहाँ कफ्युु लगाइएको थियो भने पार्टीको कार्यक्रममा जान लागेका एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरू काठमाडौँमै रोकिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad