सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताएका हुन्।
उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताए। उनले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए।
उनले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरूलाई समेत आग्रह गरे। उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।
मन्त्री खरेलले भने, ‘तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ। आज पनि १२३ वटा राजनितिक दलसँगको मिटिङ सरकारसँग छ। राजनीतिक दलसँग हामी निरन्तर सम्वादमा छौँ, त्यो वातावरण बनाइरहेको छौँ। सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडी बढाउने काममा हामी अगाडी बढीरहेका छौँ।’
उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि अगाडी बढाइरहेको जानकारी दिए।
Shares

प्रतिक्रिया