राजनीति


सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छ : अर्थमन्त्री खनाल

सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छ : अर्थमन्त्री खनाल

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १२:२२, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले वर्तमान अन्तरिम सरकारको प्रमुख ध्यान सुरक्षित र व्यवस्थित रूपमा सत्ता हस्तान्तरणमा रहेको स्पष्ट गरेका छन्।

बुधवार काठमाडौँमा आयोजित ‘राजस्व प्रणालीमा सुधारः सार्वजनिक-निजी संवाद’ कार्यक्रममा बोल्दै उनले सरकारले निर्वाचन गराउने र त्यसपछि जिम्मेवारी सहज ढङ्गले हस्तान्तरण गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए।

उनका अनुसार अन्तरिम सरकारलाई निर्वाचन सम्पन्न गराउने म्यान्डेट भएकाले करका दरमा परिवर्तन नगर्ने निर्णय लिइएको हो। मन्त्री खनालले यस्तो संवेदनशील समयमा संयमता अपनाउँदै, अनावश्यक विवाद वा आलोचनाबाट जोगिँदै, कानूनसम्मत रूपमा काम गरिरहनु आवश्यक भएको उल्लेख गरे।

कर दर परिवर्तन गर्ने प्रयास भए निजी क्षेत्रबाट नै विरोध आउन सक्ने भन्दै उनले भने, ‘यस्तो समयमा कुनै क्षेत्रमा पक्षपोषण भएको भन्ने आशंका उठ्यो भने अर्को क्षेत्रबाट आवाज आउँछ। त्यसले निर्वाचन र सत्ता हस्तान्तरण प्रक्रिया नै प्रभावित हुन सक्छ, त्यसैले करका दरमा ध्यान दिएको छैन। यो काम अब निर्वाचित सरकारले नै गरोस् भन्ने हाम्रो धारणा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad