नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकलाई गम्भीररूपमा पछाडि धकेलेको टिप्पणी गरेका छन्।
सोमबार ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको सम्मानमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा पोखरेलले जेनजीका नाममा स्वार्थी समूहले भीषण अवस्था सिर्जना गरेको बताए।
'माग उठाउने प्रस्तोता थिएनन्, वार्ता गर्ने कोही थिएन,' उनले भने, 'नवयुवाहरूको भावनामा खेल्ने स्वार्थी समूहका कारण भीषण अवस्था सिर्जना भयो।'
उनले दुई दिनको आन्दोलनले खर्बौं रुपैयाँको धन–सम्पत्तिको क्षति गरेको पनि बताए। जुन १० वर्षे सशस्त्र द्वन्द्वको क्षतिभन्दा ठूलो भएको उनको भनाइ छ।
पोखरेलले अहिलेको सत्ता व्यवस्थापनले यसै अवस्थालाई गर्वको रूपमा प्रस्तुत गरिरहेको आरोप लगाए।
'सबैभन्दा ठूलो प्रहार राज्यको अस्मितामै पर्यो,' उनले भने, 'नेपाल प्रहरीलाई कमजोर बनाइयो, संरचना तहसनहस पारियो, सुरक्षाका हतियार र सामग्री लुटपाट भयो, सार्वजनिकरूपमा सुरक्षा निकायलाई बेइज्जत गरियो।'
Shares

प्रतिक्रिया