कारोबार


लक्ष्यभन्दा २३ प्रतिशत कम राजस्व संकलन, कात्तिकसम्म उठ्यो ३ खर्ब २९ अर्ब

लक्ष्यभन्दा २३ प्रतिशत कम राजस्व संकलन, कात्तिकसम्म उठ्यो ३ खर्ब २९ अर्ब

नेपालखबर
मंसिर १, २०८२ सोमबार १५:२, काठमाडौँ

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

चालू आवको कात्तिकसम्म सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। सरकारले लक्ष्यभन्दा २२.५१ प्रतिशत कम राजस्व संकलन गरेको हो।

कात्तिकमा १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ७८ अर्ब ३३ करोड रुपैयाँमा मात्र संकलन भएको थियो। यो कुल लक्ष्यको ७५.४९ प्रतिशत हो।

चालू आवमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा कात्तिकसम्म सरकारले ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। सो अवधिमा सरकारले ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। 

गत आवको सरकारको कुल राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ थियो। चालु आवको कात्तिक मसान्तसम्म सरकारले सबैभन्दा धेरै राजस्व मूल्य अभिवृद्धि कर (भ्याट)बाट संकलन गरेको छ। चार महिनामा सरकारले भ्याटबाट १ खर्ब ७ अर्ब ११ करोड ४६ लाख रुपैयाँ राजस्व उठाएको छ। 

भन्सार महशुल बापत ७४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ र अन्तःशुल्कबाट ६२ अर्ब १ करोड ६ लाख रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ। यस्तै शिक्षा सेवा शुल्क र अन्यबाट २ अर्ब २ करोड ३७ लाख रुपैयाँ र आयकरबाट ६१ अर्ब १५ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad