नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा ‘एकताको सन्देश सभा’ आयोजना गर्ने घोषणा गरेको छ।
आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको पार्टीका वरिष्ठ नेता वामदेव गौतमले जानकारी दिए।
गौतमका अनुसार सन्देश सभाको मिति पछि तय गरिनेछ। पार्टीले संविधानले निर्देशित समाजवाद निर्माणको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै मुलुकमा विद्यमान आर्थिक, सामाजिक र राजनीतिक समस्याको समाधान गर्ने सन्देश देशभर पुर्याउन सभा आयोजना गर्न लागिएको बताए।
उनी भन्छन्, ‘सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ। मिति भने तय भइसकेको छैन। नेपालको संविधानले परिकल्पना गरेको समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान सबै समस्या समाधान गर्ने हाम्रो उद्देश्य हो।’
गौतमले स्वदेशमै रोजगारी सिर्जना गर्दै देशको आर्थिक अवस्था सुधार्न पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए।
Shares

प्रतिक्रिया